वासिङ्टन । संयुक्तराज्य अमेरिकामा एकैदिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजार ९२५ को कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाख ५९ हजार ३२३ व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । विश्वभर कुल ६३ लाख ६३ हजार १९६ व्यक्ति संक्रमित हुँदा ३ लाख ७७ हजार १९० को मृत्यु भएको छ ।

अमेरिकामा विभिन्न राज्यले कोरोना भाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।

तर, अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख सहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा झनै बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एएफपी

तपाईको प्रतिक्रिया