काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ६६९ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलका छन् । ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार १३४ जनाले ज्यान गुमाएका छन् । यस्तै, बेलायतमा ३२४ जनाको ज्यान गएको छ ।

यसैगरी, भारतमा पछिल्लो २४ घन्टामा २२१, रुसमा १८२, मेक्सिकोमा २३७, पेरुमा १३७, फ्रान्समा १०७, पाकिस्तानमा ७८, क्यानडामा ६९, स्वीडेनमा ६५, इरानमा ६४, जर्मनीमा ५६, इटालीमा ५५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसका कारण बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ४७९ पुगेको छ । जसमध्ये अमेरिकामा १ लाख ८ हजार ५९, बेलायतमा ३९ हजार ३६९, इटालीमा ३३ हजार ५३०, ब्राजिलमा ३१ हजार ३०९, फ्रान्समा २८ हजार ९४०, स्पेनमा २७ हजार १२७ र मेक्सिकोमा १० हजार ६३७ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया