जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १० हजार २४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख ४७ हजार ८२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ६६ हजार २१५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ७१ हजार ५८३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ३० हजार ३०२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार २६७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ८१ हजार ३५० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ११ हजार ५३० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ९९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख २३ हजार ३७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ९६४ को मृत्यु भएको छ । एसियामा १४ लाख २१ हजार ७०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३६ हजार ९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख २६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ४१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया