जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ७९५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ९३ हजार ४३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आफ्नो दैनिक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ८० हजार १२ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १८९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ५०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ५४ हजार ६४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार ४५८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४० हजार ३९९ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ४० हजार ४३९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ९६४ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार ६५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३७ हजार २०४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख १२ हजार २४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया