जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६४ हजार ३२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८८ लाख २२ हजार ४५७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शनिबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ६२ हजार ८६६ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ९५ हजार ४५९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ७ हजार ६७८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ५६४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख ६ हजार ७२६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६९ हजार ३३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ७० हजार ४३९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५२ हजार ७२१ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ९६ हजार १९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ३५६ को मृत्यु भएको छ । एसियामा १८ लाख ४८ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४७ हजार ४३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ९० हजार २९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७४० जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया