जेनेभा । कोरोना भाइरसका कारण आइतबार रातिसम्ममा विश्वभर करिब चार लाख ६८ हजार मानिसको मृत्यु भएको छ ।

एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्टअनुसार कोरोना भाइरसबाट विश्वभर चार लाख ६७ हजार ६९९ जनाको मृत्यु भएको हो ।

त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख ७० हजार ४७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्वभरी कुल सङ्क्रमितमध्ये ४७ लाख ७३ हजार ३८६ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यसैगरी ३७ लाख २९ हजार ३९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ७४ हजार ७५२ जना जना मध्यम अवस्थामा

उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ६३८ जना गम्भीर अवस्थामा रहेका छन् ।

पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३९ हजार ५८४ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् ।

सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २२ हजार ४९ रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ६३२ जनाको मृत्यु भएको छ भने चौंथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ । यस्तै इटालीमा कुल ३४ हजार ६१० जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया