
जेनेभा । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या ९९ लाख ५२ हजार १९२ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी गराएको छ ।
डब्लुएचओका अनुसार विगत २४ घन्टामा विश्वभर संक्रमण पुष्टि हुनेको संख्या एक लाख ९४ हजार १९० पुगेको छ भने मृत्यु हुनेको संख्या ५११६ रहेको छ ।
शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको संख्या चार लाख ९८ हजार २२८ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घन्टामा कोरोना भाइरस संक्रमणको महामारीका कारण नयाँ संक्रमित हुनेको संख्या एक लाख ६७ हजार ५६ रहेको थियो भने पाँच हजार ३३६ जनाको मृत्यु भएको थियो ।
विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी संक्रमित तथा मृतकको अमेरिकामा रहेको छ युरोपमा करिब २६ लाख संक्रमित रहेका छन् । त्यस्तै एसियामा २१ लाख ५० हजार ६३३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
संक्रमणका आधारमा भन्ने हो भने कोरोना भाइरसबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत, बेलायत, स्पेन, पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एसियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
अमेरिकामा कुल २५ लाख ५४ हजार ८३८ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६९० पुगेको छ । यस्तै, ब्राजिलमा १२ लाख ८० हजार ३३५ जना संक्रमित भएकोमा ५६ हजार १२१ जनाको मृत्यु भएको छ । रसियामा कुल ६ लााख २७ हजार ६४६ जना संक्रमित रहेकोमा ८ हजार ९६९को मृत्यु भएको छ ।
यस्तै, भारतमा ५ लाख १८ हजार ९३६ जना संक्रमित भएकोमा १५ हजार ८८० जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा