जेनेभा । नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७१ लाख १५ हजार ९८१ जना व्यक्ति निको भएर घर फर्केका छन्।

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५४ हजार पुगेका छन् । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २२ लाख ५१ हजार २७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४५ लाख ८० हजार ७६७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ७४ हजार १२५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार १५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७९ हजार ७२२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ७९४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १७ हजार ८४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ७६६ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ३० हजार १८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ४३४ को मृत्यु भएको छ । एसियामा २७ लाख ८३ हजार ६४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६६ हजार ५४६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख २७ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २८९ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया