जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ६३ हजार ८१८ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २६ लाख ६८ हजार ३५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शनिबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ९७ हजार ६०५ जना निको भएका छन् ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४७ लाख ६ हजार ९३५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख ९३ हजार ५३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३६ हजार ७२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २८ लाख १ हजार ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २ हजार ४२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३८ लाख ६० हजार २७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८३ हजार ९८५ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ५६ हजार ८९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार १५० को मृत्यु भएको छ । एसियामा २८ लाख ७४ हजार ३६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६८ हजार ३०२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ६३ हजार ८०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ८१३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२९ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया