नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा एकैदिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्यामध्ये सबैभन्दा उच्च हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ८२८ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख २७ हजार २८१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि ३ लाख ९२ हजार १३० जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ७ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १५ हजार ४५५ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडु र दिल्ली प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो र तेस्रो स्थानमा रहेको छ । एएनआई

तपाईको प्रतिक्रिया