
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख ८५ हजार नाघेको हो ।
यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५८ हजार नाघेको छ । गत चौसिबसघन्टामा ५८ हजार २४९ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् ।
तर, यसअघिमात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलोपटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।
उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४८ हजार २०० पुगेको छ । यहाँ संक्रमण सुरु भएयता देखि १५ लाख ९२ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ ।
ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो । सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन् । अमेरिकामा कोरोनाका ४२ लाख ३२ हजार संक्रमित पुगेका छन् ।
ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १७८ जनाको ज्यान गएको छ । कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो । त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५९ लाख ३१ हजार मानिसहरु संक्रमित भइसकेका छन् ।
त्यस्तै यो महामारीबाट ६ लाख ४१ हजार ८८५ जनाको ज्यान पनि गएको छ । यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो । एएनआई