
जेनेभा । विश्वभर सोमबारसम्म एक करोड ६५ लाख १५ हजार ३१३ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर छ लाख ५३ हजार ८६४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १ लाख १३ हजार ३१८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख ४८ हजार १३१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ४२५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ८८ हजार २३७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ९६३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख ४४ हजार ४९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ३४ हजार ३४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख ४७ हजार ९५९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ८ हजार ७३० जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ८९ हजार ७३५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ६३१ को मृत्यु भएको छ । एसियामा ३९ लाख ६४ हजार ४१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९१ हजार १३३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ५१ हजार ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८२४ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ । एएफपी