
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७१ हजार ७८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार बिहीबारसम्म विश्वभरमा एक करोड ७२ लाख ६९ हजार ३६५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख ८३ हजार १६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ४१८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ८१ हजार १२७ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५४ हजार १४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३९ लाख ५३ हजार २५० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ३९ हजार ८२६ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५३ लाख ७२ हजार १६१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख १५ हजार ५८ जनाको मृत्यु भएको छ ।
युरोपमा २८ लाख ४५ हजार २० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ७८६ को मृत्यु भएको छ ।
एसियामा ४१ लाख ८३ हजार २५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार ९५३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ९६ हजार ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९३० जनाको मृत्यु भएको छ ।
ओसियानामा १८ हजार ३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ । एएफपी