जेनेभा । विश्वमा एक करोड २५ लाख ८७ हजार ५४५ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख २५ हजार ६४ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।

सो संगठनका अनुसार शनिबारसम्म विश्वभरमा एक करोड ९६ लाख ५ हजार ५१९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । तीमध्ये एक करोड २५ लाख ८७ हजार ५४५ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ९२ हजार ९१० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ९३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ७७९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६० लाख १ हजार ४६६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३२ हजार २१३ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख २० हजार २३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ८५८ को मृत्यु भएको छ । एसियामा ४९ लाख ८ हजार ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ७ हजार ३०५ जनाको मृत्यु भएको छ । अफ्रिकामा १० लाख २६ हजार ७४१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५६६ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया