
जेनेभा । विश्वमा दुई करोड १४ लाख २५ हजार ८१८ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनका अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६४ हजार ६३५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ४२ लाख ९ हजार ८५७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ५१ हजार ३२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरुमध्ये ६४ हजार ५०६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ८० हजार २३१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ७३ हजार ३२१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५९ हजार ७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९७२ जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख ४१ हजार ४५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ७४२ को मृत्यु भएको छ । एसियामा ५५ लाख ४० हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १८ हजार ७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ११ लाख २ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १७३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ । एएफपी