जेनेभा । विश्वमा दुई करोड १८ लाख ५२ हजार ३६४ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ५८६ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङक्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ७६ हजार १९६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६५ लाख २ हजार ५८२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरुमध्ये ६४ हजार २५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६७ हजार ७६७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १३९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ६५ लाख ६६ हजार ९०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ४७ हजार ५४६ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ७४ हजार ३८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार २६४ को मृत्यु भएको छ ।

एसियामा ५६ लाख ७६ हजार ९४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार ४९९ जनाको मृत्यु भएको छ । अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया