ब्रासिलिया । कोरोना भाइरसको प्रकोपसँग लडिरहेको ब्राजिलमा निकै ठूलो संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घन्टामा मात्र ४९ हजार जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा १२०० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार २०० जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।

यहाँ यति ठूलो संख्यामा नागरिकहरु सङ्क्रमित हुन पुगेका ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४९ हजार जना नयाँ संङ्क्रमित थपिएसँगै यहाँ सङ्क्रमितको संख्या पनि निकै बढेको छ ।

यहाँ अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या निकै नै बढेको हो । प्राप्त समाचारमा अघिल्लो दिन ४७ हजार जनामा संक्रमण देखिएकोमा २४ घन्टायता त्यो २ हजारले बढेर ४९ हजार पुगेको हो ।

अहिलेसम्म यहाँका संक्रमितको संख्या ३४ लाख ६० हजार ४१३ जना पुगेको बताइएको छ । यहाँका २६ लाख १५ हजार २५४ नागरिक भने निको भएर घर फर्किएका छन् ।

योसँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ११ हजार १८९ पुगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड २६ लाख २७ हजार बढी नागरिक संक्रमित भएका छन् भने ७ लाख ९१ हजार ८८५ जनाको ज्यान गइसकेको छ । एएनआई

तपाईको प्रतिक्रिया