नयाँदिल्ली । भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिलेसम्म कुल २९ लाख २५ हजार ३३७ जना सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६८ हजार ५०७ जना पछिल्लो २४ घन्टामा थपिएका हुन् ।

कुल सङ्क्रमितमध्ये २१ लाख ७५ हजार ४९२ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये अहिलेसम्म ५५ हजार १७४ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।

भारतमा अहिले छ लाख ९४ हजार ६७१ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ । पिटिआई

तपाईको प्रतिक्रिया