जेनेभा । विश्वमा दुई करोड ३८ लाख ७८ हजार ८२१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार मङ्गलबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १८ हजार ४७९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६४ लाख १२ हजार ३७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ४६ हजार ३०५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरुमध्ये ६१ हजार ५९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख २० हजार ९१३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ४०८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार ९८९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ १ लाख ९० हजार ८२८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९९ हजार १ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ६० हजार ६९६ जनाको मृत्यु भएको छ ।

युरोपमा ३३ लाख ९७ हजार ३७६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ८५९ को मृत्यु भएको छ । एसियामा ६४ लाख ३३ हजार १३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३२ हजार ४५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख १ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ७० जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया