जेनेभा । विश्वमा दुई करोड ४४ लाख २ हजार २९२ कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार बिहीबार रातिसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३१ हजार ६ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६९ लाख २६ हजार २२३ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६६ लाख ४५ हजार ६३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरुमध्ये ६१ हजार ५२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख ९ हजार ६४२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ८८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५९ लाख ७७ हजार १० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ १ लाख ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ७१ लाख ६ हजार ७८५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ६४ हजार ६७६ जनाको मृत्यु भएको छ ।

युरोपमा ३४ लाख ४८ हजार ३६७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ५०१ को मृत्यु भएको छ । एसियामा ६६ लाख २२ हजार ५२२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३५ हजार ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख १७ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७७ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया