जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७५ हजार ५०० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ६५ लाख ५० हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८७ लाख ३३ हजार ५० व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ४२ हजार २२९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ७४८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश वटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६३ लाख ३९ हजार ४०३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार ९६६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।
भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ३२९ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ८८ हजार ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ३६१ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया