जेनेभा । विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ८० हजार १३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारीअनुसार विश्वभर दुई करोड ६८ लाख ६१ हजार ३३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख ७७ हजार ९१७ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ३ हजार २८३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ९१७ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क निम्नानुसार रहेको छ ।

अमेरिकामा ६३ लाख ९७ हजार ९७९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार ३२३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९२ हजार २४८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ ।

भारतमा ४० लाख ६९ हजार ५२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ४६ हजार १३५ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार १६८ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् ।

अर्जेन्टिना ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया