जेनेभा । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख ८ हजार ९७२ नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।

सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ८० लाख ८१ हजार ६६७ पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ ।

त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट २ करोड १ लाख ५१ हजार २० जना संक्रमण मुक्त भएका छन् । एएनआई

तपाईको प्रतिक्रिया