नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८७ हजार ३८२ व्यक्ति सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ९१ हजार ४१० पुगेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३५ जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ९३३ पुगेको छ ।

भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दस लाख ७ हजार ७८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३ जना,सङ्क्रमितहरु रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ । एएनआई

तपाईको प्रतिक्रिया