न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५९ लाखभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभरी चार करोड ५९ लाख ६०२ जना सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण विश्वभरी अहिलेसम्म ११ लाख ९३ हजार ७६३ मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ ।

सङ्क्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ९३ लाख १६ हजार २९७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३५ हजार १५९ को मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ८१ लाख ३६ हजार १६६ जना सङ्क्रमित हुँदा एक लाख २१ हजार ६८१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५५ लाख १९ हजार ५२८ जना सङ्क्रमित र एक लाख ५९ हजार ५६२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चौथो क्रममा रहेको रुसमा १६ लाख जना सङ्क्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १३ लाख ३१ हजार ९८४ जना सङ्क्रमित र ३६ हजार ५६५ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३२ लाख ४९ हजार ६९७ रहेको छ । त्यसैगरी अहिले पनि सङ्क्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ । एएनआई

तपाईको प्रतिक्रिया