चितवन । रत्ननगर उद्योग वाणिज्य संघको यहि मंसिर २८ र २९ गते हुने २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फकाे सदस्य पदमा उठेका सबिन मानन्धरले आफु व्यवसायीक हितका लागि लाग्ने उद्देश्यले निर्वाचनमा हाेमीएकाे बताएका छन् ।

बि.स. २०४३ साल फागुन ७ गते बुवा स्व: नारायण भक्त मानन्धर र आमा उर्मिला मानन्धरकाे काेखबाट माइलाे छाेराकाे रुपमा जन्मिएका सबिन मानन्धर हालका दिनमा विभिन्न व्यवसाय गर्दै र सामाजिक संस्थामा आबद्ध रहेका छन् ।

रत्ननगर-२ टाँडिमा स्थायी रुममा बसाेबास गर्ने उनले न्यू मानन्धर हार्डवाेयर एण्ड सप्लायर्स, शिव ओम आइरन उद्योग, न्यू मानन्धर मेसिनरी लगाएतका ब्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यस्तै उनी रत्ननगर जेसिजकाे काेषाध्यक्ष, लायन्स क्लब अफ चितवन नेशनल पार्ककाे सदस्य, अर्पण बचत तथा ऋण सहकारी संस्था लि. मा सदस्य रहेका छन् । २०७२ साल देखि निरन्तर व्यवसायमा लागेका मानन्धरले रत्ननगर उवासंघकाे अधिवेशनमा आफुलाई जिताउन सबैमा आग्रह गर्दै व्यवसायीक हक हितकाे लागि आफु सधै लाग्ने प्रतिबद्धता पनि प्रकट गरे ।

तपाईको प्रतिक्रिया