चितवन । रत्ननगर उद्योग वाणिज्य संघको मंसिर २८ र २९ गते हुने २१ औं साधरण सभा तथा अधिवेशनमा वाणिज्य तर्फको सदस्य पदमा उमेदवारी दिएका सुर्य प्रकाश रेग्मीले उवासंघलाई व्यवसायीको साझा संस्था बनाउन आफुले सदस्यमा उमेदवारी दिएको बताए । २०६० साल देखि बिभिन्न व्यवसायमा सक्रिय रेग्मीले रत्ननगर उद्योग वाणिज्य संघ सबै व्यवसायीको साझा संस्था भएकाले आफु पनि त्यसमा जोडिएर व्यवसायीको हितका लागि लागि पर्न वाणिज्य तर्फको सदस्य पदमा उठेको बताए ।

बि.सं.२०३७ साल बैशाख १ गते बुवा नन्दलाल रेग्मी र आमा चन्द्र कलि रेग्मीको कान्छो सन्तानको रुपमा जन्मिएका सुर्य प्रकाश रेग्मी हाल रत्ननगर–१०, बकुलहरमा बस्दै आएका छन् । हाल रेग्मि संगम ट्रेडर्सको सञ्चालक, शुभ संगम मार्टको निर्देशक, शुभ रेवती ट्रेडर्सको निर्देशक, न्यू दिवाकर ट्रेडर्सको निर्देशक, मेरो पोल्ट्रि फार्मको निर्देशक, महाशक्ती फर्निचरको निर्देशक, सुर्य दिप भेट फर्माको निर्देशक र सौराहा ब्याम्बो कटेज एण्ड रेष्टुरेन्टको पनि निर्देशक रहेका छन् ।

त्यस्तै रेग्मी बिभिन्न संघ संस्थामा पनि आवद्ध रहेका छन् । जसमा रेग्मी नेपाल रेडक्रस सोसाईटिको वरिष्ठ सदस्य, श्री गायत्री हरिहर मन्दिर संरक्षण समितिको आजिवन सदस्य, किराना व्यवसायी समितिको कार्यसमिति सदस्य, लायन्स क्लब अफ रत्ननगर मिड नेपालको तृतीय उपाध्यक्ष, रत्ननगर जेसिजको बिजनेस कोर्डिनेटर, रोटरी क्लब अफ रत्ननगरको सदस्य, अधिकृत व्यवसायी संघ चितवनको सदस्य, शुभ बिहानी युवा समुह रत्ननगरको उपाध्यक्ष रहेका छन् । २०६० साल देखि निरन्तर व्यवसायमा लागेका रेग्मीले रत्ननगर उवासंघको अधिवेशनमा वाणिज्य तर्फको सदस्य पदमा जिताउन सबैमा आग्रह गर्दै व्यवसायीक हक हितको लागि आफु सधै लाग्ने प्रतिबद्धता पनि प्रकट गरे ।

तपाईको प्रतिक्रिया