चितवन । रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनमा वाणिज्य तर्फको सदस्य पदका उमेदवार कृष्ण चौधरीले आफ्नो उमेदवारी व्यवसायिक हित र सामाजिक सद्भावका लागि भएको बताएका छन् ।
रत्ननगर–४, सितल चोकमामा स्थायी बसोवास रहेका चौधरीले बिगत २२ वर्ष देखि चौधरी खाद्यान्न सप्लायर्स (गल्ला व्यवसाय) व्यवसाय सञ्चालन गर्दै आएका छन् । हाल उनी चितवन माछा दाना उद्योगका शेयर सदस्य, कामना, गोधुली, मेगा कृषि, सर्वज्ञ, युनिक साकोसको शेयर सदस्य हुन ।

चौधरीले रत्ननगर उद्योग वाणिज्य संघको सोमवार हुने निर्वाचनमा व्यवसायिक हित र सामाजिक सद्भावका लागि आफुलाई वाणिज्य तर्फको सदस्य पदमा मतदान गर्न सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया