अमेरिका । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन जितलाई प्रमाणित गरेको छ । आजको अमेरिकी संसद्को संयुक्त बैठकले गत वर्ष नोभेम्बरमा भएको अमेरिकी निर्वाचन जो बाइडन र कमला ह्यारिसको जितलाई प्रमाणित गरेको हाे ।

उक्त बैठककाे संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।

रिपब्लिकनले संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसद्को संयुक्त बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोलर मत आवश्यक हुन्छ। इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोलर मत प्राप्त गरेको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया