चितवन । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा उद्योग तर्फकाे सदस्य पदमा उठेका कृष्ण बहादुर श्रेष्ठले आफु व्यवसायीक हितका लागि लाग्ने उद्देश्यका साथ लाेकतान्त्रिक प्यानलबाट निर्वाचनमा हाेमीएकाे बताएका छन् ।

बिगत २७ वर्षदेखि खैरहनी पर्सा बजारमा धुर्व म:म रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालन गरिरहेका कृष्ण बहादुर श्रेष्ठले आफुले व्यवसायबाट हासिल गरकाे अनुभवलाई सबैकाे माझमा लैजान तथा व्यवसायीकाे हकहितको लागि लाग्न उद्योग तर्फकाे सदस्य पदमा उमेदवारी दिएकाे बताएका छन् ।

खैरहनी उवासंघकाे अधिवेशनमा आफुलाई जिताउन सबैमा आग्रह गर्दै श्रेष्ठले व्यवसायीक हक हितकाे लागि आफु सधै लाग्ने प्रतिबद्धता पनि प्रकट गरे ।

तपाईको प्रतिक्रिया