
माघ १८ गते । उद्योग बाणिज्य संघ खैरहनिको नयाँ कार्यसमिति चयनका लागि भाेली सोमबार मतदान हुदैछ । कार्यसमितिका लागि उम्मेदवारी दिएका मध्य एक हुन अर्जुन लम्साल । उनले प्रगतिशील समुहबाट बाणिज्य तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । लम्साल लामो समयदेखी ब्यवसाय संचालन गरे पनि सामाजिक ब्यक्तित्वको रुपमा परिचीत छन् ।
ब्यवसायसंगै सामाजिक काममा तल्लिन लम्सालले उद्योग बाणिज्य संघलाइ एउटा पहिचान दिलाउने गरि भुमिका निर्वाह गर्ने बताउँछन् । संघमा रहेर काम गर्दाको अनुभवलाई आत्मसात गरि संघ र ब्यवसायिक हकहितमा प्रयोग गर्ने सदस्यका उम्मेदवार लम्सालले बताए । उनी बर्तमान कार्यसमिति सदस्यमा छन् । यदि आफ्नो समुहले बहुमत प्राप्त गरे उनी पदाधिकारीमा जाने मनस्थिति बनाएका छन् ।
२०६१ बाट ब्यवसाय सुरु गरेका लम्साल शुभकामना बचत तथा ऋण सहकारिकाे अध्यक्ष , कंकालि माध्यमिक विद्यालय पुर्व विद्यार्थी समाजकाे अध्यक्ष , सुनगाभा कलेजकाे संचालक समिति सदस्य , लाईन्स क्लब चितवन ईस्टका सदस्य पनि हुन । भोलि हुने मतदानमा आफुलाई मत दिएर बिजय गराउन न्यु युनिभर्सल फोटो स्टुडियो एण्ड गिफ्ट हाउसका संचालक लम्सालले सबै ब्यवसायिहरुमा अपिल गरेका छन् ।