चितवनमा एक सङ्क्रमितको मृत्यु

चितवनमा एक सङ्क्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उ...

रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा

रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा
चितवन । रत्ननगरकाे साहारा सुपरमार्केटमा भिडियो र फोटोका लागि एस.आर स्टुडियो सञ्चालनमा आएको छ । भिडियोग्राफी क्षेत्रमा एक दशक लामो अनुभव सगालेका युवाहरुले रत्ननगर सौराहाचोकमा एस.आर. स्टुडियो सञ्चालनमा ल्याएका हुन । बुधबारदेखि पूर्वी चितवनको रत्ननगर सौराहाचोक स्थित साहारा सुपर मार्केटको उद्धघाटनसगै एस आर स्टुडियो समेत उद्धघाटन गर्दै सञ्चालनमा आएको हो । फिल्म, म्यूजिक भिडि...

वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण

वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण
चितवन । वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ । राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ति २०७७ को पूर्व सन्ध्यामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर चितवनले कृष्णमन्दिर टिकौली स्थित वृद्धआश्रममा रहेका ३० जना ज्येष्ठ नागरिकलाई बुधबार रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गरेको हाे | कोरोना महामारीको समयमा उच्च जोखिममा ...

चितवनमा ६०७३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जनाको मृत्यु

चितवनमा ६०७३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जनाको मृत्यु
चितवन । चितवनमा मंगलबार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार चितवनमा परीक्षण गरिएकामध्ये कुल ६ हजार ७३ जनामा संक्रमण पुष्टि भएको हो । जससध्ये ५०८५ जना चितवनका हुन् भने ९८८ जना चितवन बाहिरका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको छ । सङक्रमितमध्ये ३...

भरतपुर महानगरद्वारा २९६ छात्रालाई साइकल वितरण

भरतपुर महानगरद्वारा २९६ छात्रालाई साइकल वितरण
चितवन । भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गरेका हुन् । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा ...

ठक्कर दिएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु

ठक्कर दिएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु
काठमाडौँ । पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिई फरार भएको ना ५ ख ८४७४ नम्बर बसलाई आज नियन्त्रणमा लिइएको हो । त्यसका चालक सर्लाही हरिवन नगरपालिकाका ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चन्द्रागिरी ...

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने– अमेरिकी चुनावमा धाँधली भएको छैन

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने– अमेरिकी चुनावमा धाँधली भएको छैन
वासिङ्टन । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभि...

बाटो हिँडिरहेको महिलाको गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

बाटो हिँडिरहेको महिलाको गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
त्रिशूली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् ।अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् । तामाङले २०७३ साल भदौ...

मंगलबार थपिए २७३६ संक्रमित, ८५३ जना डिस्चार्ज, २२ जनाको मृत्यु

मंगलबार थपिए २७३६ संक्रमित, ८५३ जना डिस्चार्ज, २२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आज मंगलबार २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६० हजार ५७७ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार ५८ र आइसोलेसनमा ...

माडीमा गरियाे राहत बितरण कार्यक्रम

माडीमा गरियाे राहत बितरण कार्यक्रम
अजित अधिकारी, चितवन । हिल नेपालको आयोजना र द लेप्रोसी मिसन नेपाल तथा यु.के. आईडीको आर्थिक सहयोगमा सोमबार माडीका विभिन्न क्षेत्रहरुमा कुष्ठप्रभावित, अपाङ्गता भएका र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । यसैगरी सोमबार नै माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर अधिकारी चोकमा रहेको अयोध्यापुरी कृषि सहकारी संस्थाको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत बितरण कार्यक्रम गर...