प्राकृतिक शौन्दर्यताकाे खानी शुन्दर माडी

प्राकृतिक शौन्दर्यताकाे खानी शुन्दर माडी
अजित अधिकारी चितवन । माडी भौगोलिक रूपमा मात्र नभई प्राकृतिक सम्पदाहरुले समेत अति शुन्दर छ । यहाँका खोलाहरु दक्षिण दिशातिर बाट उत्तर दिशातिर बहेका छन । विशाल नदिको रूपमा रिउ अर्थात् रेवा नदि रहेको छ । यहाँका अधिकांश खोलाहरुमा शालिग्राम र पत्रपत्र परेका शुन्दर आकृतिका शिलाहरु पाउन सकिन्छ । यसैगरी प्रशस्त रूपमा चुन ढुङ्गा, कोइला र सुन पाउन सकिन्छ । माडीलाई चारैतिर शुन्दर हरिया...

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु
काठमाडौँ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिए । दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटालाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपच...

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु

बिहीबार १९११ जनामा कोरोना पुष्टि, थप ११ सहित ५०९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ९६१ जना डिस्चार्ज भएका छन् । हाल...

एभेन्जर १६० स्ट्रिट एबिएस माेटरसाइकल सार्वजनिक

एभेन्जर १६० स्ट्रिट एबिएस माेटरसाइकल सार्वजनिक
चितवन । रत्ननगर स्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता निशाश मोटर्सले नयाँ एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर १६० स्ट्रिट एबिएस मोटरसाइकल बिहीबार निशाश मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले अनावरण गरेर सार्वजनिक गरे । यसअघि एभेन्जर १८० सिसिको मोटरसाइकल बजारमा आइसकेको छ भने विभिन्न आकर्षक रंगहरुमा उपलब्ध रहेकाे र यसकाे मुल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको निशा...

रिलायन्स फाइनान्स लिमिटेडको २० औं शाखा टाँडीमा सुरु

रिलायन्स फाइनान्स लिमिटेडको २० औं शाखा टाँडीमा सुरु
महेश पाण्डे चितवन । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो २० औं शाखा टाँडीमा सुरु गरेको छ । कोरोना भाइरसका कारण सामान्य कार्यक्रमको आयोजना गरि बुधवार रत्ननगर – २, टांडीमा २० औं शाखाको उद्घाटन गरिएको टाँडी शाखा प्रमुख आशिस ढकालले जानकारी दिए । सो शाखाको केन्द्रिय कार्यलयका मानव सञ्चालन बिभाग प्रमुख केशव खनाल र कर्जा बिभाग प्रमुख दिक्पाल श्रेष्ठको हातबाट उद्घाटन गरिएको हो । टाँडी ...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो एकसय बिघा जमिन

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो एकसय बिघा जमिन
चितवन । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको एकसय बिघा जग्गा छुट्याइएको बताए । उनले भने, “सो जग्गामा प्राविधिक अथवा...

कुटपिटपछि मृत्यु प्रकरणमा एक सैनिकमाथि अनुसन्धान सुरु

कुटपिटपछि मृत्यु प्रकरणमा एक सैनिकमाथि अनुसन्धान सुरु
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर ...

कक्षा १२ को परीक्षाको विकल्पसहित प्रस्तावबारे निर्णय गर्न ढिलाइ

कक्षा १२ को परीक्षाको विकल्पसहित प्रस्तावबारे निर्णय गर्न ढिलाइ
काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्त...

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो । यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पो...

मनसुन बाहिरिन अझै एक साता लाग्ने

मनसुन बाहिरिन अझै एक साता लाग्ने
काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट सुरु भई पूर्वी भूभागबाट अन्त्य हुने गर्छ । गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । ...