रत्ननगरका मेयर वन भन्छन्ः “आयुर्वेद्धिक, एलोपैथीक औषधी र बाफ लिएरनै मैले कोरोना जिते”
महेश पाण्डे
चितवन, रत्ननगर । बिश्वब्यापी महामारीको रुपमा रहेको कोराना भाइरसको न त कुनै औषधी छ, न त कुनै भ्याक्सिननै हालसम्म बन्न सकेको छ । यस रोग लागेमा के गर्ने र कसरी यसलाई जित्ने भन्ने चिन्ता आजका दिनमा बिश्वका हरेका मानीसको मनमा रहेको छ । यस रोगले के बालक, के युवा, के बृद्ध हरेक उमेर समुहलाई आक्रमण गर्ने गरेको छ । रोग लाग्न नदिन हालका दिनमा सामाजिक दुरिका अतिरिक्त माक्स, स...









