दुई महिनामा १३९ जनामा स्क्रबटाइफस
चितवन । दिनहुँ कोरोना सङ्क्रमित बढिरहेका समयमा जिल्लामा स्क्रबटाइफस र डेङ्गुको सङ्क्रमित पनि बढिरहेका छन् । साउन १ गतेदेखि हालसम्म १३९ जनामा स्क्रबटाइफस र ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा भरतपुर अस्पतालमा उपचार गराएका ३९ महिला र २९ पुरुष गरी ६८, चितवन मेडिकल कलेजमा ३९ महिला र २३ पुरुष गरी ६२ र कलेज अफ मेडिकल साइन्सेज शिक्ष...







