भरतपुर अस्पतालमा घटे सङ्क्रमित
चितवन । कोरोना सङ्क्रमण सुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ ।
अन्य रोगका बिरामी भने बढ्न थालेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबार अस्पतालमा १७ जना मात्रै कोरोना सङ्क्रमित बिरामी छन् । यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । सङ्क्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्...









