मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु

मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको पिसिआर परीक्षणका क्रममा १४५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमा १५ ...

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ । थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझ...

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री खान

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री खान
इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनु पर्ने र यस्तो निकृष्ट अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनु आवश्यक रहेको जिकिर गरे । सो अन्तर्वा...

कोरोना संक्रमणबाट विश्वभर नौ लाख ३२ हजार ८०१ जनाको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर नौ लाख ३२ हजार ८०१ जनाको मृत्यु
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ८०१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४८ हजार ९४९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १२ लाख ८० हजार १९३ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७२ लाख ३५ हज...

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
चितवन । चितवनमा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन् । यो सङ्ख्या आजसम्म सङ्क्रमित स...

माडीको बघौडादेखि छरछरेसम्म गरिने फलफूलखेती लकडाउनका कारण प्रभावित

माडीको बघौडादेखि छरछरेसम्म गरिने फलफूलखेती लकडाउनका कारण प्रभावित
-अजित अधिकारी चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको छ । गत बर्ष अगाडि पौष २१ गते नेपाली...

‘कोभिड १९’ बाट विश्वभर नौ लाख २९ हजारभन्दा बढीको मृत्यु

‘कोभिड १९’ बाट विश्वभर नौ लाख २९ हजारभन्दा बढीको मृत्यु
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २९ हजार ६६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९२ लाख १७ हजार २०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ४५ हजार ८४६ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७२ लाख ४२ हजार...

ब्राजिलमा कोभिड संक्रमणबाट एक लाख ३१ हजार ६६३ जनाको मृत्यु

ब्राजिलमा कोभिड संक्रमणबाट एक लाख ३१ हजार ६६३ जनाको मृत्यु
ब्रासिलिया । ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६६३ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ३१ हजार ६६३ जनाको ज्यान गएको हो । ब्राजिलमा को...

देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाल...

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु
सिरहा- कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएपछि प...