दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु, पाँच घाइते

दुई ट्रक ठक्कर खाँदा एकको मृत्यु, पाँच घाइते
चितवन - नारायणगढ–मुग्लिन सडक खण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८...

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको पिसिआर परीक्षणका क्रममा ११७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । जसमा १५ ह...

चितवनमा थप ४७ जनामा कोरोना पुष्टि

चितवनमा थप ४७ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा सोमबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा सोमबार कुल ३५८ नमुना परीक्षण गरिएकोमा चितवनका २३ जनासहित ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका २१ जना रहेका छन् । जसमा १४ जना पुरुष र ७ जना महिला छन् । यस्तै, खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिला...

पहिरोले तीन वर्षीया बालिकाको मृत्यु

पहिरोले तीन वर्षीया बालिकाको मृत्यु
पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको ...

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौँ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश ...

छोराद्वारा बञ्चरो प्रहार गरी आमाको हत्या

छोराद्वारा बञ्चरो प्रहार गरी आमाको हत्या
झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ...

मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुलमा सवारी दुर्घटना

मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुलमा सवारी दुर्घटना
मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुलमा सवारी दुर्घटना भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार अाज बिहान ०८:२५ बजेको समयमा ईच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको खहरे पुल नजिकै काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना४ख ८०११ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका हुन । उक्त ठक्करबाट दुबै ट्रकका चाल...

मोरङमा दुई तथा महोत्तरी र बुटवलमा एक-एक सङ्क्रमितको मृत्यु

मोरङमा दुई तथा महोत्तरी र बुटवलमा एक-एक सङ्क्रमितको मृत्यु
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको ...

मलमा कालोबजारी गर्ने रत्ननगरको सहकारीलाई जरिवाना, ५१ बोरा मल जफत

मलमा कालोबजारी गर्ने रत्ननगरको सहकारीलाई जरिवाना, ५१ बोरा मल जफत
चितवन । पूर्वी चितवनको रत्ननगर १ बकुलहरचोकमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीमा भएको रासायनिक मलमा कालोबजारीअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सहकारीमा आबद्ध चार जनालाई जनही १० हजार प्रतिव्यक्ति जरिवाना तोकेको छ । जरिवाना गरिएकाहरुमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, मायानाथ अर्याल, रामकृष्ण तिमिल्सिना, निर्मला घिमिरे रहेका छन् । सो सहकारीले तोकिएको मूल...

चितवनमा थपिए २८ कोरोना संक्रमित

चितवनमा थपिए २८ कोरोना संक्रमित
चितवन । चितवनमा आइतबार रातिसम्म थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा आइतबार कुल १७३ नमुना परीक्षण गरिएकोमा १४५ नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालि...