करेन्ट लागेर दुई सैनिकको मृत्यु

करेन्ट लागेर दुई सैनिकको मृत्यु
चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । श्रेष्ठको उपचारका लागि...

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौँ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकार...

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु

शनिबार थपिए १२०१ संक्रमित, एकैदिन १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार १७६ जनाको पिसिआर परीक्षणका क्रममा १२०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५३ हजार २२० पुगेको छ । जसमा १५ ह...

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको नमुना परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार शुक्रबार रातिसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । यस्तै, कालिका नगरपालिकाका दुई महिलासहित आठ जना, खैरहनी नगरपालिका...

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक

कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको ...

अन्ततः सुल्झियो नेकपा विवाद, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

अन्ततः सुल्झियो नेकपा विवाद, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित ...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन । चितवनमा शुक्रबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका ५ का ६१ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ २४ गते कोरोना पुष्टि भएका ती पुरुषमा उच्च ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या भई स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भदौ २५ गते भरतपुर अस्पतालको अस्पतालको कोभिड आइसियूमा राखी उपचार ग...

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ६९६ सहित शुक्रबार १४५४ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको पिसिआर परीक्षणका क्रममा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । जसमा १४...

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोही घटनामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई भने महासङ्घले सकारात्मक र...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सर्बभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण ...