चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
भरतपुर । चितवनमा सोमबार बिहान थप १७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को परीक्षण प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये भरतपुरका १५ र रत्ननगरका दुई जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा भरतपुर २ का एक पुरुष, ३ का दुई महिला, ६ का एक महिला, ९ का एक महिला, १० का तीन पुरुष र तीन महिला, १२ का एक पुरुष, १४ का एक महिला, १८ ...

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी
ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८९६ पुगेको छ । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । तर, अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् । ...

कैदीबन्दीमा पनि बढ्दै कोभिड–१९ को सङ्क्रमण

कैदीबन्दीमा पनि बढ्दै कोभिड–१९ को सङ्क्रमण
काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को सङ्क्रमण नेपालको कारागारमा समेत देखिन थालेको छ । कारागारभित्र बस्ने कैदीबन्दीमा पछिल्लो समयमा सङ्क्रमण फैलिन थालेको पाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ । आइतबारसम्ममा शङ्कास्पद ८७९ जनाको पिसीआर परीक्षणमा १६६ जनामा सङ्क्रमण भेटिएको छ । त्यसमध्ये ७२ जना सङ्क्रमण मुक्त भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापको...

तातोपानीले कोरोना जितिन्न : भाइरोलोजिष्ट खड्का

तातोपानीले कोरोना जितिन्न : भाइरोलोजिष्ट खड्का
बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “...

गाउँपालिकाको कार्यालयमा तालाबन्दी

गाउँपालिकाको कार्यालयमा तालाबन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस...

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल
चितवन । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्य...

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
चितवन । तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् । निरन्तरको निषेधाज्ञाले आपू...

माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु

माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु
चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको विद्युतीय तारबारमा उनीहरुलाई करे...

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थिय...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारबाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताए । “स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, ...