थप ३८१ सहित संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

थप ३८१ सहित संक्रमितको संख्या २१ हजार ३९० पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६३५९ जनाको पिसिआर परीक्षणका क्रममा ३८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । जसमा ६१७४ जना संक्रमित...

डुबेर एक युवकको मृत्यु

डुबेर एक युवकको मृत्यु
चितवन । चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो । मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । खोलामा डुबेर मृत्यु भएको अवस्था...

एक तोला सुनको मूल्य रु एक लाख एक हजार चार सय

एक तोला सुनको मूल्य रु एक लाख एक हजार चार सय
काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९००...

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैनतर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ,...

नहर अतिक्रमण हुँदा सहर डुबानमा

नहर अतिक्रमण हुँदा सहर डुबानमा
चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य सहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा सहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो । नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हु...

लेबनान विस्फोटमा १०० बढीको मृत्यु, चार हजार बढी घाइते

लेबनान विस्फोटमा १०० बढीको मृत्यु, चार हजार बढी घाइते
लेबनान । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी १०० भन्दा बढीको ज्यान गएको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएका छन् । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो । ...

विश्वभर कोरोना संक्रमणबाट ७ लाख ५ हजार बढीको मृत्यु

विश्वभर कोरोना संक्रमणबाट ७ लाख ५ हजार बढीको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ५ हजार ९३ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार बुधबारसम्म विश्वभरमा एक करोड ८७ लाख ३९ हजार १७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख ५० हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ८३ हजार ११८ व्यक्ति कोरो...

भारतमा कोभिड–१९ संक्रमितको संख्या १९ लाख नाघ्यो

भारतमा कोभिड–१९ संक्रमितको संख्या १९ लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख १० हजार ७९५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ८५६ जना...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नजिक

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नजिक
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९८ हजार ५३५ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ८१ हजार ७१३ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १७ लाख १७ हजार ९२३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७५ हजार २५५ व्यक्ति कोर...

भारतमा कोभिड–१९ संक्रमितको संख्या १८ लाख ६६ हजार नाघ्यो

भारतमा कोभिड–१९ संक्रमितको संख्या १८ लाख ६६ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख ६६ हजार नाघेको मंगलबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ६६ हजार पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८१० जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ...