थप २०४ सहित कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ६१३३ जनाको नमुना परीक्षणका क्रममा २०४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौँ...









