विश्वभर ४ लाख १९ हजारको मृत्यु, ७४ लाख ९३ हजार संक्रमित

विश्वभर ४ लाख १९ हजारको मृत्यु, ७४ लाख ९३ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ७९५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ९३ हजार ४३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आफ्नो दैनिक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ८० हजार १२ जना निको भएका छन् । हाल विश्वभरमा...

वन्यजन्तुबाट हुने क्षति कम भएपछि स्थानीयवासी खुशी

वन्यजन्तुबाट हुने क्षति कम भएपछि स्थानीयवासी खुशी
कावासोती । “दिनहुँजसो जङ्गलबाट गैँडा, बदेल आएर मकै, तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ, हामीलाई खुशी लागेको छ”, कावासोती नगरपालिका–१२ का स्थानीय बहादुर थनेतले भन्नुभयो, “धानखेतमा गैँडा आएर खाने, आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।” कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका वडामा पक्की पर्खालसहितको मेस जाली निर्माण गरेपछि वन्यजन्तुले पु¥याउँदै आएको क्षति र...

ट्र्याक्टरले च्यापेर एक जनाको मृत्यु

ट्र्याक्टरले च्यापेर एक जनाको मृत्यु
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्...

कीर्ते नागरिकता काण्डमा तीन जना थुुनामा

कीर्ते नागरिकता काण्डमा तीन जना थुुनामा
पर्वत । एउटा व्यक्तिको नाममा अर्को व्यक्तिको फोटो टाँसी कीर्ते नागरिकता बनाएको अभियोगमा तीन जना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वत जिल्ला अदालतको आदेशले कीर्ते नागरिकता काण्डमा मुछिएका तीन अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा राखिएको हो । पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्र्यबहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा पर्नेमा मोदी गाउँप...

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
हेटौँडा । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो । ...

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल
चितवन । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी ...

वाग्मती प्रदेशमा १४४ कोरोना संक्रमित, चार जनाको मृत्यु

वाग्मती प्रदेशमा १४४ कोरोना संक्रमित, चार जनाको मृत्यु
हेटौँडा । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् । सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनु...

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या
हेटौँडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्...

करेन्ट लागेर बालिकाको मृत्यु

करेन्ट लागेर बालिकाको मृत्यु
सर्लाही । करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै घरमा बुधबार साँझ बिजुलीको बोर्डमा पङ्खामा तार जोड्ने क्रममा बालिकालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लालबन्दीतर्फ लगिँद...

कोरोना महामारीका कारण एसइई परीक्षा नलिने सरकारको निर्णय

कोरोना महामारीका कारण एसइई परीक्षा नलिने सरकारको निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित माध्यामिक शिक्षा परीक्षा (एसइई) यस वर्ष नगर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनको आधारलाई नै मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए । कोभिड-१९ संक्रमण, नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णय...