अत्यधिक रक्तश्रावका कारण १६ वर्षीया सुत्केरीको निधन

अत्यधिक रक्तश्रावका कारण १६ वर्षीया सुत्केरीको निधन
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ वर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका–९ निवासी १६ वर्षीया एकमहिने सुत्केरी आमा शान्ति आलेको अत्यधिक रक्तश्रावका कारण निधन भएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले जानकारी दिए । देवचुली नगरपालिका–९ का वडा अध्यक्ष मेखबहादुर सारुका अनुसार उनको जेठ २२ गते राति...

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु
चितवन । भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका माडी ६ कल्याणपुरका २७ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतबाट ११ दिनअघिमात्रै माडी आएका युवकमा ज्वरो र खोकीको समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालमा सञ्चालित कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे १० बजे मृत्यु भएको हो । उनको स्वाब संकलन गरी भरतपुर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट...

तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु

तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु
चितवन । भरतपुर महानगरले नगर क्षेत्रका तीन स्थानमा स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिकाको आवतजावत बढी हुने चौबीसकोठी, गोन्द्राङ र रामनगरमा स्मार्ट शौचालय निर्माणको काम थालिएको हो । ती स्थानमा स्मार्ट शौचालय बनाउन लागिएको हो । भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा शुक्रबार स्मार्ट शौचालयको शिलान्यास गरिएको छ...

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आइतबारदेखि मौसममा सुधार हुँदै जाने
काठमाडौँ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो । सामान्यतया नेपालमा जुन ...

बाजुरामा क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

बाजुरामा क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकक...

कोरोनाविरूद्ध नेपालमा निर्माण भएको खोपमा डब्ल्युएचओको चासो

कोरोनाविरूद्ध नेपालमा निर्माण भएको खोपमा डब्ल्युएचओको चासो
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरूद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरूद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भ...

एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित ४८९

एक सय थपिएसँगै कर्णालीमा कोरोना संक्रमित ४८९
सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४८९ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटीपिसिआरबाट ९७ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको आरटीपिसिआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ...

कोरोनाबाट सङ्क्रमित जिल्ला ६८ पुगे, एकैदिन ४३ जना डिस्चार्ज

कोरोनाबाट सङ्क्रमित जिल्ला ६८ पुगे, एकैदिन ४३ जना डिस्चार्ज
काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् । आज एकैपटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वि...

बाँदरमुढे घटनाका १५ वर्ष : अझै पाएनन् न्याय

बाँदरमुढे घटनाका १५ वर्ष : अझै पाएनन् न्याय
चितवन । सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन् । उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो । घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए । घाइते शारीरिक तथा मा...

कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ संक्रमित

कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ संक्रमित
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टाइनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको ...