वृद्ध बाबुको हत्या आरोपमा छोरा पक्राउ

वृद्ध बाबुको हत्या आरोपमा छोरा पक्राउ
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा मंगलबार राति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ । बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्ध...

कपिलवस्तुमा किशोरी बलात्कृत

कपिलवस्तुमा किशोरी बलात्कृत
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका –२ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्‍याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले किशोरीलाई...

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु
जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए । सिंह दम्पतीसहित खिरखिरेस्थित ब...

क्वारेन्टाइनमै एक्कासि बेहोस भएका वडाध्यक्ष रानाको मृत्यु

क्वारेन्टाइनमै एक्कासि बेहोस भएका वडाध्यक्ष रानाको मृत्यु
कञ्चनपुर । क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको मंगलबार राति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासि बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए । नयाँ क्वारेन्टाइन स्थापना गरिएको ...

बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले यु...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्वलन

नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्वलन
चितवन । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो । युनियनका केन्द्रय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले कोरोना भाइरसको सङ्क्रमणको समयमा सरकारले पत्रकारलाई प्याकेजको घोषणा गर्न मा...

रत्ननगरमा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा

रत्ननगरमा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा
चितवन । रत्ननगर नगरपालिकाले ११ वटा वडामा पब्लिक क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याएको छ । शंकास्पद कोरोना संक्रमित तथा विदेशबाट आएका नगरवासीलाई राख्न सो नगरपालिकाले ११ वटा वडामा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा मंगलबारसम्म ८८ जना रहेका छन् । तीमध्ये ३६ जना भारतबाट आएका हुन् । वडा नं–१ मा बकुलहर माविमा २४ बेड, वडा नं...

मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका

मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका
चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कुल भवन देखाएरमात्रै क्वारेन्टाइन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टाइन बनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वडा छन् । माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टाइन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्...

रूखले थिचेर महिला र बालकको मृत्यु

रूखले थिचेर महिला र बालकको मृत्यु
हेटौँडा । मंगलबार साँझ आएको हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पनि दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएको पुष्टि गरेका छन् । उनका अनुसार मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–५ का ५० वर्षीया वीरमाया प्रजा र वडा नं ३ का ६ व...

कोरोना भाइरसका संक्रमित ५६ लाख ३२ हजार पुगे

कोरोना भाइरसका संक्रमित ५६ लाख ३२ हजार पुगे
पेरिस । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या मंगलबार राति १० बजेसम्म ५६ लाख ३१ हजार ८३१ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४९ हजार ५२ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा आधारित रिपोर्टअनुसार २३ लाख ९९ हजार २५८ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वकै सबैभन्दा बढी ...