संरक्षणमा जुटे पर्यटन व्यवसायी
चितवन । सौराहाका पर्यटन व्यवसायी ‘लकडाउन’को समयको सदुपयोग गर्दै संरक्षण क्षेत्रमा जुटेका छन् । लामो समय लकडाउन हुँदा सौराहाका पर्यटन व्यवसायी वन्यजन्तुको बासस्थान संरक्षणमा जुटेका हुन् ।
उनीहरुले निकुञ्जसँग सहकार्य गरेर ९१ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरेका छन् । प्रकृति संरक्षण कोष, क्षेत्रीय रेवान, वमघमारा, चित्रसेन मध्यवर्ती सामुदायिक वन, जीप समिति, रत्ननगर न...









