कोरोना पोजेटिभ निको भई डिस्चार्ज
धनगढी । कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालमाबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । आज डिस्चार्ज हुनेमा पाना विक हुन् ।
वीरगञ्जबाट कैलाली आएकी उनलाई कोरोना भाइरसको पुष्टि भएपछि यही व...









