उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण
काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए । उनले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष...

६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई

६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
गलकोट । नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि उनको डिचार्ज गर्ने तयारी भइरहेको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिचार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन...

बाटोमा पैसा छरेर फरार भएका दुई महिला पक्राउ

बाटोमा पैसा छरेर फरार भएका दुई महिला पक्राउ
धनुषा । जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजू र नन्द हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । त...

काँग्रेसद्वारा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग

काँग्रेसद्वारा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ । काँग्रेस पदाधिकारीको आज बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’का कारण अप्ठ्यारोमा परेका नागरिकलाई प्रदान गरिँदै आएको राहत वितरण कार्य न्...

वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्वारा भित्तेपात्रो विमोचन

वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठद्वारा भित्तेपात्रो विमोचन
चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ वर्षमा भित्तेपात्रो प्रकाशन गरेसँगै नयाँ वर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । शनिबार भरतपुरमा एक कार्यक्रमका बीच पत्रिकाले भित्तेपात्रो विमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले विमोचन गरेका हुन् । विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्र...

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित

भारतमा संक्रमितको संख्या १४ हजार नाघ्यो, महाराष्ट्र अत्यन्त प्रभावित
नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जान...

सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ
सर्लाही । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी...

चिर्पट प्रहार गरी पतिको हत्या

चिर्पट प्रहार गरी पतिको हत्या
प्युठान । प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको चिर्पटले पतिको टाउकामा प्रहार गरेको बता...

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । माटोको ढिस्कोले पुरिएर गम्...

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान
भद्रपुर । आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर नगरपालिकासमेत गरी १० जनाबाट जम्मा रु ५७ लाख ८६ हजार ठगी गरेको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा जिल्ला अदालतले शुक्रबार रु ६२ लाख ...