भारतबाट आएर मस्जिदमा बसेका २२ विदेशी फेला परे

भारतबाट आएर मस्जिदमा बसेका २२ विदेशी फेला परे
इनरुवा । भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुँदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो । प्रहरीले हाल उनीहरुमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षितरूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दैै...

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली
– भरत प्रधान पोर्चुगल । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको वुहान सहरबाट सुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण
– मधुकर अधिकारी वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि ...

अवैधानिकरूपमा बसेका नेपालीको उद्धार गर्न एनआरएनएको आग्रह

अवैधानिकरूपमा बसेका नेपालीको उद्धार गर्न एनआरएनएको आग्रह
टेक्सस, अमेरिका  । कोभिड–१९ को महामारी विश्वभर फैलिरहँदा गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा अवैधानिकरूपमा बसिरहेका र विद्यार्थी भिसामा रहेका नेपालीलाई उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ । हरेक देशमा कोभिड–१९ को असर बढेसँगै सङ्घले वैदेशिक रोजगारीका लागि कामदार भिसामा गएका तर भिसाअवधि सकिएर पनि अवैधानिकरूपमा ती देशमा बसिरहेका, भ्रमण भिसामा गई लकडाउनमा परेका, भ्रमण भ...

कोरोना महामारी : विश्वभर १२ लाख दुई हजार संक्रमित, ६४ हजार ७२७ को मृत्यु

कोरोना महामारी : विश्वभर १२ लाख दुई हजार संक्रमित, ६४ हजार ७२७ को मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण आइतबार बिहानसम्म विश्वभर २०६ देशका १२ लाख २ हजार जना मानिस बिरामी भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या ६४ हजार ७२७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ८ लाख ९० हजार ५९९ को उपचार जारी छ भने २ लाख ४६ हजार ६३८ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध...

दादुरा रुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १५० बिरामी

दादुरा रुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १५० बिरामी
धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरा रुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् । गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरा रुवेला रोगको सङ्क्रमण फैलिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्...

पिपिई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

पिपिई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिई) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिई अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरेका हुन् । उनले प...

नागरिक संरक्षणका लागि भारतसँग पहल गर्न इन्सेकको आग्रह

नागरिक संरक्षणका लागि भारतसँग पहल गर्न इन्सेकको आग्रह
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यक परेको अवस्थामा भारत सरकारसमक्ष आवश्यक पहलकदमी लिन सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस विषम परिस्थितिमा नेपाल–भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेकाको उचित व्यवस्थाप...

कांग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह

कांग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ...

भारतबाट गृह जिल्ला आएका एक हजार जना आफ्नै घरमा

भारतबाट गृह जिल्ला आएका एक हजार जना आफ्नै घरमा
दैलेख । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको संख्या एक हजार ४४९ पुगेपछि सतर्कतामा चुनौती बढेको हो । भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उनी...