लकडाउन उल्लंघन गर्ने १५ जनासहित ९२ सवारी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने १५ जनासहित ९२ सवारी नियन्त्रणमा
चितवन । विश्वव्यापीरुपमा महामारी फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आज १३औँ दिनमा जिल्ला प्रहरी कार्यालय चितवन र सो मातहतका प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिई होल्ड कारबाही गरेको छ । बिहानदेखि बेलुकी ८ बजेसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ मोटरसाइकल, ३३ स्कुटर, ६ कार, एक अटो र ५ साइकल गरी ९२ सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाए...

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा काँग्रेस सक्रिय
पोखरा । विश्वव्यापी महामारीका रुपमा बढिरहेको कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस कास्कीले मातहतका इकाईलाई सक्रिय बनाएको छ । पार्टीले जिल्लाका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै जिल्ला समिति मातहतका सबै इकाईलाई सक्रिय बनाएको पार्टीका प्रवक्ता नवीन सिग्देलले बताए । जिल्ला समितिको निर्देशनअनुसार प्रत्येक एकाइले आ–आफ्ना तर्फबाट आवश्य...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री
नवलपरासी । कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ । जोखिम मोलेर बिरामी बोक्दै आएका चालकलाई हुनसक्ने सङ्क्रमण रोक्न उक्त सामग्री वितरण गरिएको हो । जिल्लाका २५ एम्बुलेन्स चालकलाई स्थानीयस्तरमै उत्पादन भएको पिपिई वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुनवल नगरपालिकाले उत्पा...

अमेरिकामा एकै दिन चार नेपालीको निधन

अमेरिकामा एकै दिन चार नेपालीको निधन
वासिङ्टन डिसी । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । सबै न्युयोर्कमा बस्दै ...

मानव सेवा आश्रमलाई कामना विकास बैंकको सहयोग

मानव सेवा आश्रमलाई कामना विकास बैंकको सहयोग
चितवन । कामना विकास बैंक, नारायणगढ शाखाले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामग्रीसहित सेनिटाइजर र मास्क सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धकसहितको टोलीले आज आश्रम पुगेर एकहप्तालाई पुग्ने खाद्य सामग्री सहयोग गरेको हो । हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक सुरेश घिमिरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न सामग्रीसहित सुरक्षा कवच ...

रत्ननगर १३ मा कोरोना नियन्त्रणको लागि विषादी छर्ने कार्य तीव्र

रत्ननगर १३ मा कोरोना नियन्त्रणको लागि विषादी छर्ने कार्य तीव्र
-रवि रोषी चितवन । रत्ननगर नगरपालिकाको वडा नं १३ मा कोरोना नियन्त्रणको लागि विषादी छर्ने पहिलो चरणको कार्य सम्पन्न भएको छ । वडाध्यक्ष चित्रबहादुर भण्डारी, वडा सदस्य अजित चौंरेल, वडा सदस्य हुकुम सूयेल, नेकपा १३ का अध्यक्ष सन्तोष घिमिरे, सीता अधिकारीलगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको प्रत्यक्ष निगरानीमा विषादी छर्ने कार्य सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमणले विश्व ...

गुन्जमान अस्पतालबाट कोरोनाको आशंकामा एक युवाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो

गुन्जमान अस्पतालबाट कोरोनाको आशंकामा एक युवाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइयो
चितवन । पूर्वी चितवनको पिठुवाबाट एक युवाको कोरोना भाइरसको स्वाब परीक्षणको लागि आइतबार नमुना काठमाडौँको टेकु अस्पताल पठाइएको छ । रत्ननगर-१४, पिठुवास्थित गुन्जमान सिंह अस्पतालमा स्थापना गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रमा उपचार गराउन आएका ३२ वर्षीय युवाको कोरोना भाइरस परीक्षणको लागि नमुना पठाइएको हो । कोरोना भाइरस संक्रमणको आशंकामा ती युवाको स्वाब परीक्षणको लागि नमुना ...

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको शनिबार राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी ना...

सङ्घसंस्थाले बाँड्ने राहत नलिन गाउँपालिकाको आग्रह

सङ्घसंस्थाले बाँड्ने राहत नलिन गाउँपालिकाको आग्रह
हेटौँडा । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन् । “कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकार...

श्रमिकको उद्धार गर्न नेपाल ट्रेड युनियन काँग्रेसको आग्रह

श्रमिकको उद्धार गर्न नेपाल ट्रेड युनियन काँग्रेसको आग्रह
काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । ट्रेड...